नेभिगेशन

युवा क्यान्सर विशेषज्ञ डा. अरुण शाहीलाई रोयल कलेज अफ फिजिसियन (एडिनबर्ग) को प्रतिष्ठित फेलोशिप

नेपालका क्यान्सर उपचार स्तरलाई नयाँ उचाइमा पुर्याउने अर्को माइलस्टोन

नेपाल हेल्थ न्यूज, काठमाडौं । नेपालका युवा पुस्ताका अग्रणी क्यान्सर विशेषज्ञ डा. अरुण शाही ले बेलायतस्थित रोयल कलेज अफ फिजिसियन ( आरसीपी–एडिनबर्ग ) बाट प्रतिष्ठित फेलोशिप ( एफआरसीपी–एडिन ) प्राप्त गर्नुभएको छ । 

यो उपाधि चिकित्साशास्त्र क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा मात्रै हैन, नेपालमा क्यान्सर उपचारको गुणस्तर सुधारका लागि उहाँले दिएका निरन्तर योगदानको ठोस प्रमाण मानिन्छ ।

उहाँको उत्कृष्ट क्लिनिकल दक्षता, नेतृत्व क्षमता, अनुसन्धानमा सक्रियता र स्वास्थ्यसेवा उन्नयनप्रतिको दृढ प्रतिबद्धताले यो सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको ‘आरसीपी–एडिनबर्ग’ ले जनाएको छ । 

पाटन अस्पतालमा क्यान्सर विभागको नेतृत्व—दैनिक ५०–७० बिरामीको उपचार सन् २०१९ देखि पाटन अस्पतालमा क्यान्सर विभागको नेतृत्व गर्दै आउनुभएका डा. शाही दैनिक ५०–७० क्यान्सर बिरामीको हेरचाह गर्नुहुन्छ । 

उहाँ पाटन एकेडेमी अफ हेल्थ साइन्सेस ‘पीएएचएस‘ का सहायक प्राध्यापक तथा पाटन अस्पतालका मेडिकल अंकोलोजी विभाग प्रमुख पनि हुनुहुन्छ । 

युरोपकै ठूलो क्यान्सर विशेषज्ञ संस्था ‘युरोपियन सोसाइटी फर मेडिकल अनकोलोजी’ ईएसएमओका— प्रमाणित मेडिकल अंकोलोजिस्टसमेत रहेर उहाँले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

१०० भन्दा बढी वैज्ञानिक कार्यपत्र, ५ हजारभन्दा बढी क्यान्सर बिरामीको उपचार डा. शाहीले नेपाल, भारत, बंगलादेश, सिंगापुर, जापान, अस्ट्रेलिया, जर्मनी, अमेरिका लगायतका मुलुकमा भएका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा १०० भन्दा बढी वैज्ञानिक पेपर प्रस्तुत गरिसक्नुभएको छ ।

उहाँले अहिलेसम्म ५,००० भन्दा बढी क्यान्सर बिरामीलाई उपचार दिनुभएको छ भने करिब २,००० बिरामी हाल पनि उहाँकै प्रत्यक्ष निगरानीमा उपचाररत छन् । यसले क्यान्सर उपचारमा उहाँको व्यस्तता, समर्पण र सेवा–भावलाई स्पष्ट देखाउँछ ।

विश्वभरबाट प्राप्त सम्मान—नेपालको क्यान्सर सेवामा चम्किँदो यश हालै, डा. शाहीले ‘बंगलादेशको प्रतिष्ठित मेडिकल सोसाइटी अफ बंगलादेश बाट मेडिकल सोसाइटी एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एण्ड आउटरीच –२०२५’ प्राप्त गर्नुभयो । त्यसअघि अमेरिकास्थित ‘एनआरएनए क्यालिफोर्निया’ ले उहाँलाई ‘ इन्टरनेशनल हेल्थ सर्भिस अवार्ड–२०२३’ द्वारा सम्मानित गरिसकेको छ ।
यी पुरस्कारहरूले डा. शाहीको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभाव, विश्वसनीयता र नेपालकै क्यान्सर सेवाको पहिचानलाई झनै मजबुत बनाइदिएको स्वास्थ्यकर्मीहरूको टिप्पणी छ ।

अन्तर्राष्ट्रिय शिक्षा र तालिम—नेपालमै भरोसायुक्त क्यान्सरको उपचार डा. शाहीले चीनको ‘हार्बिन मेडिकल युनिभर्सिटी’ बाट ‘एमबीबीएस बंगलादेश मेडिकल युनिभर्सिटी’ बाट ‘एमडी नर्थ साउथ युनिभर्सिटी, बंगलादेश’ बाट ‘एमपीएच – एपिडेमियोलोजी’ पुरा गर्नुभएको छ ।

उहाँले अमेरिकाका ‘सिएटल क्यान्सर केयर अलायन्स मास जनरल क्यान्सर सेन्टर – हार्वर्ड’ मा (मेडिकल अनकोलोजी) मा (अब्जर्वर फेलोशिप) लिइसक्नुभएको छ । भारतको –राजीव गान्धी क्यान्सर इन्स्टिच्युट मा विशेष तालिम लिई नेपाल फर्किएपछि उहाँले क्यान्सर उपचार सेवा व्यवस्थित, प्रमाण–आधारित र पहुँचयोग्य बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ।

अनुसन्धान–अध्ययनदेखि जनचेतनामासम्म—सक्रिय भूमिका क्यान्सर विश्व स्वास्थ्यको गम्भीर चुनौती बनेको आजको समयमा डा. शाही सामाजिक सञ्जाल, सञ्चारमाध्यम तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यमा आधारित क्यान्सरसम्बन्धी जानकारी निरन्तर फैलाउँदै आउनुभएको छ । 

उहाँका ३ वटा मेडिकल पुस्तक पनि प्रकाशित भइसकेका छन्, जसले क्यान्सर उपचारमा कार्यरत चिकित्सक तथा विद्यार्थीहरूलाई महत्त्वपूर्ण सन्दर्भ सामग्री प्रदान गर्छ ।

डा. अरुणको सन्देश—‘जीवनशैली परिवर्तनले ९०–९५% दीर्घरोगबाट बच्न सकिन्छ’ उहाँका अनुसार, क्यान्सर रोकथाममा जीवनशैली परिवर्तन अत्यन्त प्रभावकारी छ । 

स्वस्थकर खानपान नियमित व्यायाम तनाव नियन्त्रण धूमपान तथा मद्यपान त्याग मोटोपन नियन्त्रण यी पाँच उपाय अपनाउन सके, ९०–९५% दीर्घरोगबाट बच्न सकिने वैज्ञानिक आधारहरू छन् ।

नेपालका क्यान्सर उपचार सेवामा डा. शाहीको नेतृत्व—एक प्रेरणादायी यात्राको निरन्तरता रोयल कलेज अफ फिजिसियनको फेलोशिपले डा. अरुण शाहीलाई व्यक्तिगत रूपमा मात्रै होइन, नेपालको सम्पूर्ण मेडिकल अंकोलोजी समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिलाएको छ । क्यान्सर बिरामीप्रति उहाँको सहानुभूतिपूर्ण दृष्टिकोण, उच्च स्तरको क्लिनिकल दक्षता, अनुसन्धानप्रति लगाव र निरन्तर सेवा–भावनाले युवा पुस्ताका लागि डा. शाही एक प्रेरक चिकित्सक बन्नुभएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हाम्रो देश राम्रो देश