नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको आगामी पुस महिनामा हुने निर्वाचनका लागि उपाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ।
उपाध्यक्ष पदका उम्मेद्वार डा. कालुसिंह खत्रीले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। उहाँको नाम फिर्ता भएपछि उपाध्यक्ष पदमा अब डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापा गरी तीन उम्मेद्वारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। सदस्य पदका लागि ३३ जनाले उम्मेदवारी दिएका छन्, र कसैले पनि नाम फिर्ता नलिएपछि ती सबै उम्मेदवारी वैध ठहरिएका छन्।
नेपाल मेडिकल काउन्सिलले निर्वाचन काठमाडौं उपत्यका बाहिर पुस ५ र ६ गते, र काठमाडौँ उपत्यका भित्र पुस ११ र १२ गते सञ्चालन गर्ने तयारी गरेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
