नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले निजामती कर्मचारी अस्पतालले करार सेवाका लागि प्रकाशित गरेको चिकित्सक पदसम्बन्धी सूचनाप्रति कडा आपत्ति जनाएको छ। अस्पतालले एमडी, एमएस तथा एमडीएस सकेका विशेषज्ञ चिकित्सकलाई आठौँ तह समकक्ष राखेर दरखास्त मागेपछि संघले नियमविपरीत भएको भन्दै तत्काल सच्याउन आग्रह गरेको हो।
संघका अनुसार विद्यमान कानुन तथा सरकारी व्यवस्थाअनुसार एमबीबीएस चिकित्सक आठौँ तहमा र एमडी/एमएस/एमडीएस उत्तीर्ण विशेषज्ञ चिकित्सक नौं तहमा नियुक्त हुने प्रष्ट प्रावधान रहेको छ। तर अस्पतालको नयाँ सूचना उक्त उल्लेखित व्यवस्थासँग मेल नखाने भन्दै संघले आपत्ति जनाएको छ।
महासचिव डा. सञ्जीव तिवारीरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले विशेषज्ञ चिकित्सकलाई नौं तहमै नियुक्त गर्ने व्यवस्था बनाइसकेको छ। अस्पतालले तिनै विशेषज्ञलाई आठौँ तह बराबर राखेर सूचना निकाल्नु शैक्षिक योग्यता र प्रक्रिया दुवैको स्पष्ट उल्लङ्घन हो।
संघले अस्पताललाई सूचना तुरुन्त संशोधन गर्न चेतावनी दिएको छ। सो माग पूरा नभए आफूहरू आवश्यक कदम चाल्न बाध्य हुने संघको भनाइ छ। यस विषयमा निजामती कर्मचारी अस्पतालले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
