नेपाल हेल्थ न्युज, काठमाडौं । सुष्मा कोइराला मेमोरियल अस्पतालले हाल जलनको जोखिममा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार उपलब्ध गराउने घोषणा गरेको छ।
अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माका अनुसार आगो, तातो पदार्थ वा अन्य कारणले भएका जलनका घटनामा परेका बालबालिकालाई आवश्यक सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने व्यवस्था गरिएको छ। उहाँले गत वर्ष मात्र १४२ बालबालिकाले यो सुविधा पाएको जानकारी दिनुभयो।
अस्पतालका मेडिकल निर्देशक डा. सन्तोष भण्डारीले शल्यक्रिया, बेड सुविधा, ड्रेसिङ तथा औषधि–उपचारजस्ता सेवा बालबालिकालाई पूर्ण रूपमा निःशुल्क प्रदान गरिने बताउनुभयो।
जलन उपचारलाई मुख्य प्राथमिकता बनाएर सन् १९९७ मा स्थापना भएको यो अस्पतालले स्थापना कालदेखि अहिलेसम्म पाँच लाखभन्दा बढी जलन पीडितलाई उपचार सेवा दिइसकेको उल्लेख गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
