नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पताल, चितवनले करार सेवामा १५ जना स्टाफ नर्स नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले जारी गरेको सूचनाअनुसार निर्धारित फारम भरी मंसिर ५ देखि मंसिर १५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सकिनेछ। फारम अस्पतालको वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
लिखित परीक्षा मंसिर २० गते शनिबार दिउँसो १ बजे संचालन हुने अस्पतालले जनाएको छ। परीक्षा शुल्क ५०० रुपैयाँ तोकिएको छ। इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट (पीसीएल नर्सिङ) उत्तीर्ण गरेको र सम्बन्धित परिषद्मा दर्ता भएको हुनुपर्नेछ।
दरखास्तमा नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, व्यवसायिक परिषद्को दर्ता प्रमाणपत्र, साथै अनुभव वा तालिमसम्बन्धी कागजातहरू संलग्न गर्नुपर्नेछ। आवेदन शुल्क कृषि विकास बैंक, भरतपुर शाखामा रहेको अस्पताल विकास समितिको खातामा जम्मा गरी सक्कल भौचरसमेत बुझाउनुपर्नेछ।
आवेदन दिन अन्तिम मितिसम्म उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने शर्त तोकिएको छ। दरखास्त म्याद सकिएको भोलिपल्ट सम्पर्क सूची सार्वजनिक गरिने अस्पतालले जनाएको छ। अन्य जानकारीका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।

देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
