नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बद्ध सबै स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ मा उल्लेखित आचरण सम्बन्धी व्यवस्था अनिवार्यरूपमा पालना गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार नागरिकको संवैधानिक तथा कानूनी स्वास्थ्य अधिकार सुनिश्चित गर्नु मन्त्रालय तथा यसको मातहतका निकायमा कार्यरत कर्मचारीको मुख्य कर्तव्य हो।
मन्त्रालयले जारी गरेको सूचना अनुसार नेपाल स्वास्थ्य सेवा गठन, सञ्चालन र व्यवस्थापनको उद्देश्य नै नागरिकलाई स्वास्थ्यसम्बन्धी अधिकारको प्रत्याभूति दिनु भएकाले कर्मचारीको जिम्मेवारी अझ संवेदनशील र महत्वपूर्ण रहने बताइएको छ।
ऐनको परिच्छेद ८ मा उल्लेखित आचरणहरू—समयपालना र नियमितता (दफा ५२), अनुशासन र आज्ञापालन (दफा ५३), राजनीतिक वा अवाञ्छनीय प्रभाव नपार्ने (दफा ५४), राजनीतिक गतिविधिमा भाग नलिने (दफा ५५), सरकारको आलोचना नगर्ने (दफा ५६) तथा सरकारी कामकाजसम्बन्धी समाचार प्रकाशनमा प्रतिबन्ध (दफा ५७)—पूर्ण रूपमा पालना गर्न मन्त्रालयले सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ, प्रचलित कानुन विपरीत गतिविधि गरेको पाइएमा ऐनको दफा ७३ र ७४ अनुसार नसिहतदेखि वर्खास्तीसम्मको कारबाही हुन सक्ने बताइएको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
