नेपाल हेल्थ न्युज, काठमाडौं । बारा र पर्सामा सरकारले हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्दै करिब ९० प्रतिशत जनतालाई खोप दिएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, बारामा ८८.२५ प्रतिशत र पर्सामा ९० प्रतिशत व्यक्तिहरूले खोप प्राप्त गरेका छन्।
बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई दुई चरणमा खोप लगाइएको छ। अभियान असोज २६ देखि कात्तिक २ र कात्तिक १३ देखि कात्तिक २७ सम्म सञ्चालन गरिएको थियो, जसमा एक वर्षभन्दा माथिका सबै व्यक्तिहरू समावेश थिए।
डा. गौतमले जानकारी दिनुभयो कि यसअघि हैजाविरुद्ध खोप अभियानमा सामान्यतया ७०–८० प्रतिशतलाई मात्र खोप लगाउने गरिएको थियो। तर यसपटक घरघर पुगेर खोप दिने पद्धतिका कारण करिब ९० प्रतिशत जनतालाई खोप उपलब्ध गराउन सफल भएको छ।
अझै पनि खोप नपाएका करिब १० प्रतिशत जनालाई नियमित खोप कार्यक्रममार्फत खोप दिने व्यवस्था गरिएको छ। यस अभियानले बाराका ६ र पर्साका १४ स्थानीय तहमा हैजाको जोखिम कम गर्न महत्वपूर्ण योगदान दिएको छ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
