नेपाल हेल्थ न्युज, काठमाडौं । बारा र पर्सामा सरकारले हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्दै करिब ९० प्रतिशत जनतालाई खोप दिएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, बारामा ८८.२५ प्रतिशत र पर्सामा ९० प्रतिशत व्यक्तिहरूले खोप प्राप्त गरेका छन्।
बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई दुई चरणमा खोप लगाइएको छ। अभियान असोज २६ देखि कात्तिक २ र कात्तिक १३ देखि कात्तिक २७ सम्म सञ्चालन गरिएको थियो, जसमा एक वर्षभन्दा माथिका सबै व्यक्तिहरू समावेश थिए।
डा. गौतमले जानकारी दिनुभयो कि यसअघि हैजाविरुद्ध खोप अभियानमा सामान्यतया ७०–८० प्रतिशतलाई मात्र खोप लगाउने गरिएको थियो। तर यसपटक घरघर पुगेर खोप दिने पद्धतिका कारण करिब ९० प्रतिशत जनतालाई खोप उपलब्ध गराउन सफल भएको छ।
अझै पनि खोप नपाएका करिब १० प्रतिशत जनालाई नियमित खोप कार्यक्रममार्फत खोप दिने व्यवस्था गरिएको छ। यस अभियानले बाराका ६ र पर्साका १४ स्थानीय तहमा हैजाको जोखिम कम गर्न महत्वपूर्ण योगदान दिएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
