नेपाल हेल्थ न्युज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीलाई लक्षित गरेर पीएचडी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
हालसम्म प्रतिष्ठानमा एमडीरएमएस तहसम्मका पाठ्यक्रम मात्रै सञ्चालन हुँदै आएका भए पनि, पीएचडी कार्यक्रमका लागि सम्बन्धित विश्वविद्यालयको समन्वय आवश्यक हुने भएकाले त्यसतर्फ प्रक्रिया सुरु गरिएको एमडिजिपी डा. के.के. राईले जानकारी दिनुभयो।
उहाँका अनुसार, विश्वविद्यालय अनुदान आयोग र विभिन्न अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा कार्यक्रम अगाडि बढाइएको छ। प्रस्तावित संरचना अनुसार फुल–टाइम तीन वर्ष र पार्ट–टाइम छ वर्षमा पीएचडी अध्ययन पूरा गर्न सकिनेछ।
स्वास्थ्यसम्बन्धी कुनै पनि विषयमा स्नातकोत्तर गरेको विद्यार्थी भर्ना योग्य हुने उल्लेख गरिएको छ।
प्रतिष्ठानले पहिलो चरणमा ‘प्राथमिक स्वास्थ्य सेवा’ क्षेत्रमा केन्द्रित पीएचडी कार्यक्रम सुरु गर्ने तयारी गर्दैछ। शैक्षिक कार्यक्रम विस्तार गर्ने लक्ष्यअनुसार जेनरल प्राक्टिस तथा प्राइमरी केयर केन्द्रित पाठ्यक्रम विकासका लागि विभिन्न अनुसन्धान विज्ञहरूसँग छलफल गरिएको रजिस्ट्रार प्रा. श्याम लम्सालले बताउनुभयो।
अनुसन्धान र पाठ्यक्रम विकासका लागि गरिएको परामर्शमा प्रा. डा. देवराज अधिकारी, डा. निरज धिताल, स्वास्थ्य मन्त्रालयका डा. केशरबहादुर ढकाल, चिकित्सा शिक्षा आयोगका प्रा. डा. सुजन बाबु मरहट्ठा, प्रा. डा. रोहित पोखरेल, प्रा. डा. रमेश आचार्य, डा. चीनज्वाला श्रेष्ठ, डा. राजकुमार राई, जिपिएमएएएन अध्यक्ष डा. विश्व दवाडी, डा. खड्ग श्रेष्ठ, डा. मनिराज क्षेत्री, सुलोचना राई ढकाल तथा प्रा. कृष्णकुमार राईलगायत विशेषज्ञहरूको सहभागिता रहेको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३
गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३


