नेपाल हेल्थ न्युज, पोखरा । पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो मातहतका चिकित्सकहरुलाई औषधि सिफारिस गर्दा ब्राण्डको नामभन्दा जेनेरिक नाममा मात्र लेख्न निर्देशन दिएको छ।
प्रतिष्ठानको सूचना अनुसार, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा चिकित्सकहरूले बिरामीलाई औषधि सिफारिस गर्दा जेनेरिक नाम प्रयोग गर्नुपर्नेछ। साथै, स्वास्थ्य बीमा कार्यक्रममा दर्ता भएका बिरामीलाई कम्बाइन (संयुक्त) औषधि सिफारिस नगर्न पनि निर्देशन दिइएको छ।
जेनेरिक औषधि भनेको एउटै रासायनिक संरचना र प्रभाव भएको औषधि हो, जुन ब्राण्डको नामभन्दा वैज्ञानिक नामले चिनिन्छ।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
