नेपाल हेल्थ न्युज, हेटौंडा । बागमती प्रदेश अन्तर्गतको स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका पूर्व–निर्देशक डा. अर्जुन सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेका छन्। आपूर्ति केन्द्रको खरिद प्रक्रियामा अनियमितता गरिएको आरोपपछि उनीसहित ७ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको हो।
अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गर्दै ३१ लाख १७ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना भएको दाबी गरेको छ। कोभिड–१९ विरुद्ध आवश्यक सुरक्षा सामग्री खरिदमा अनियमितता भएको ठहरिँदै आयोगले सापकोटासँगै तत्कालीन लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रञ्जितकार, रेफ्रिजेरेटर टेक्निसियन रवीकुमार महतो तथा बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीमाथि मुद्दा दायर गरेको हो।
त्यस्तै, तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की तथा जनमुक्ति हेल्थ इन्टरप्राइजेजका आपूर्तिकर्ता नवराज श्रेष्ठलाई समेत सोही मुद्दामा समावेश गरिएको छ। सबै प्रतिवादीहरूमार्फत ३१ लाख १८ हजार रुपैयाँ बिगो उठाउनुपर्ने अख्तियारको माग रहेको छ।
सापकोटा आपूर्ति केन्द्रको नेतृत्वमा रहँदा करोडौँको अनियमिततामा संलग्न भएको भन्दै उनीमाथि थुप्रै उजुरी परेको जनाइएको छ। ई–टेन्डरको नाममा खरिद प्रक्रिया पारदर्शी बनाउने दावा गरे पनि, स्पेसिफिकेसन हेरफेर गरी आफूसँग नजिकका व्यवसायीलाई फाइदा हुने काम गरिएको आरोप उनीमाथि छ।
अख्तियारका अनुसार पदको दुरुपयोग गर्दै शंकास्पद तरिकाले सम्पत्ति जम्मा गरेको विषयमा समेत छुट्टै अनुसन्धान भइरहेको छ। स्वास्थ्य आपूर्ति केन्द्रमा रहँदा छिट्टै धनी बन्ने उनको प्रयास अख्तियारको कारबाहीले रोकिएको टिप्पणी गरिएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
