नेभिगेशन

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षमै निधन

नेपाल हेल्थ न्युज, काठमाडौं। भारतीय फिल्म उद्योगका दिग्गज कलाकार धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको छ। उनी आफ्नो निवासमै बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि प्रयास गरिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

धर्मेन्द्रको निधनप्रति अनेक फिल्मी व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्। निर्माता तथा निर्देशक करण जोहरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिँदै लेखेका छन्, 'धर्मेन्द्रज्यूको अवसानले एउटा युगको अन्त्य भएको छ। उनी मुख्यधारको भारतीय सिनेमाका असली सुपरस्टार हुन, र उनको योगदान सधैं इतिहासमा अंकित रहनेछ।'

अभिनेता अमिताभ बच्चन, आमिर खानसहित बलिउडका प्रतिष्ठित कलाकारहरू अन्तिम श्रद्धाञ्जलि दिन मुम्बईको विलेस–पार्ले क्षेत्रस्थित पवन हंस श्मशानघाट पुगेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट