नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो प्रतिनिधि समावेश गर्ने विषयमा सरकार पक्षसँग कुनै प्रगति नदेखिएको भन्दै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छ वटा सङ्गठनले असन्तुष्टि जनाएका छन्।
यी सङ्गठनहरूले परिषद्को संरचना र कार्यप्रणालीलाई व्यवस्थित बनाउन विभिन्न पेशागत समूहको सहभागिता आवश्यक भएको भन्दै केही समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापनपत्र दिएका थिए। तर मन्त्रालयले मागबारे छलफल नै नचलाएको भन्दै उनीहरूले संयुक्तरूपमा आपत्ति सार्वजनिक गरेका हुन्।
विरोध प्रकट गर्ने संस्थाहरूमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एशोसिएसन अफ नेपाल, नेपाल फिजियोथेरापी एशोसिएसन, नेपाल सिएमए सङ्घ र नेपाल दृष्टि विशेषज्ञ सङ्घ रहेका छन्। संयुक्त विज्ञप्तिमा माग सम्बोधन नभए मन्त्रालय र परिषद् दुवैविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ।
सङ्गठनहरूले परिषद् ऐन २०५३ को दफा ४ अनुसार सदस्य संरचना फेरबदल गर्नुपर्ने, स्थापना भएको दशकौँ बितिसक्दा पनि ऐन परिमार्जन नभएको तथा दफा ४ को उपदफा (च) अनुसार निर्वाचन पनि वर्षौँदेखि नहुँदा संस्थागत कमजोरी देखिएको आरोप लगाएका छन्।
त्यस्तै, सम्बन्धित विषयगत समितिमा आवश्यक संख्यामा विशेषज्ञ नहुनु, दफा १२ तथा नियमावलीअनुसार योग्य विज्ञ समावेश नभएको र परीक्षा समितिमा अनुभवी सदस्यको कमीका कारण परीक्षाको गुणस्तर प्रभावित भएको पनि उनीहरूको आरोप छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
