नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको सुधारका लागि नयाँ कार्यदल गठन गरेको छ। मन्त्री डा. सुधा गौतम शर्माले गत २ मंसिरमा मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यदलको घोषणा गर्नुभएको हो।
‘औषधि व्यवस्था विभाग सुधार तथा पाँचवर्षीय रणनीतिक योजना तयार गर्ने कार्यदल’को संयोजन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकालले गर्नुहुनेछ।
कार्यदलमा विभिन्न विशेषज्ञहरूलाई सदस्यको रूपमा नियुक्त गरिएको छ। यसमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक सङ्घरत्न बज्राचार्य, राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराई, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी, नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डे र औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक बालकृष्ण खकुरेल सदस्य रहनुभएको छ।
कार्यदलको सदस्य सचिवको जिम्मेवारी गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मालाई दिइएको छ। कार्यदलले एक महिनाभित्र विभागको कामको छिटो, चुस्त र व्यवस्थित सञ्चालनका लागि संरचनागत सुधारसम्बन्धी प्रतिवेदन तयार गर्नेछ।
डा. शर्माले बताए अनुसार, ‘हामीलाई मन्त्रीज्यूले एक महिनाको समय दिएकाले सो अवधिभित्र विभागका कामलाई पारदर्शी, छरितो र व्यवस्थित बनाउने उपाय सुझाउने लक्ष्य राखेका छौं।’
कार्यदलको पहिलो बैठक आइतबार स्वास्थ्य सेवा विभागमा सम्पन्न भएको छ। बैठकमा तोकिएको कार्यादेशबारे छलफल गरि कामको सुरुवात गरिएको छ।
डा. शर्माले भन्नुभयो, ‘२ मंसिरमा निर्णय भयो, ५ मंसिरमा पत्र प्राप्त भयो, र ७ मंसिरमा पहिलो बैठक बसेको छ। तोकिएको समयभित्र हामीले काम पूरा गर्ने लक्ष्य राखेका छौं।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
