नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले संघीय र प्रदेश स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरू सहित कपिलवस्तु र रूपन्देही जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन गर्नुभएको छ।
मन्त्री गौतमले लुम्बिनी प्रदेशमा उच्च मातृ मृत्युदर रहेको अवस्था सुधार्न विशेष कदम चाल्ने योजना घोषणा गर्दै कपिलवस्तु जिल्लाको स्वास्थ्य सेवा स्तरोन्नतिको आवश्यकतामा जोड दिनुभयो।
अनुगमन क्रममा मन्त्री गौतमले कपिलवस्तुका लबनी स्वास्थ्य चौकी, पकडी आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टरसहित), बाणगंगा आयुर्वेद औषधालय, निर्माणाधीन आधारभूत अस्पतालहरू (शुद्धोधन र मायादेवी गाउँपालिका), हरनामपुर प्राथमिक अस्पताल, र कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र (दोहनी) अवलोकन गर्नुभयो।
त्यसैगरी, उहाँले रूपन्देही जिल्लाका महत्त्वपूर्ण स्वास्थ्य सेवा केन्द्रहरू जस्तै सैनामैना नगरपालिकास्थित आधारभूत अस्पताल, पदमपाणी प्राकृतिक चिकित्सालय, र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सेवा प्रवाह, विस्तार र आगामी योजनाबारे पनि सम्बन्धित पदाधिकारीहरूसँग छलफल गर्नुभयो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
