नेपाल हेल्थ न्युज, बैङ्कक । बाहिरी क्षेत्र नोन्थाबुरी प्रान्तस्थित एक बौद्ध मन्दिरमा अचम्मको घटना भएको छ। दाहसंस्कारका लागि ल्याइएकी एक ६५ वर्षीया थाई महिला अचानक कफिनभित्र हलचल गर्न थालिन्।
मन्दिरका कर्मचारीले फेसबुकमा साझा गरेको भिडियोमा देखिन्छ कि सेतो कफिनभित्र सुतिरहेकी महिलाले बिस्तारै हात र टाउको हल्लाउँदै हल्का आवाज निकाल्दै थिइन्। यो देख्दा कर्मचारीहरू स्तब्ध भए।
मन्दिरका महाप्रबन्धक पैराट सुदथुपका अनुसार, महिलालाई उनका भाइले फित्सानुलोक प्रान्तबाट दाहसंस्कारको लागि ल्याएका थिए। केही समयअघि उनको स्वास्थ्य धेरै बिग्रिएको र उनी सास फेर्न छोडेकी जस्तो देखिएको कारण भाइले उनलाई मृत ठानेर कफिनमा राखेका रहेछन्।
मलाई विश्वास नै भएन। हामीले कफिन खोल्दा महिला जीवित थिइन्। उहाँले केही समयदेखि सहयोगको लागि ढकढक्याउँदै हुनुहुन्थ्यो जस्तो लाग्छ,” उनले बताए। महिला दुई वर्षदेखि ओछ्यानमै थिइन्।
अस्पतालले आधिकारिक मृत्यु प्रमाणपत्र नदिएकाले अङ्ग दानको प्रक्रिया रोकिएको थियो। मन्दिरले निःशुल्क दाहसंस्कार सेवा उपलब्ध गराउँछ, तर आवश्यक कागजात नहुँदा उनीहरूको सेवा सुरु गर्न सकेन।
घटनापछि महिलालाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। मन्दिरका अधिकारीहरूले उनको उपचार खर्च समेत बेहोर्ने प्रतिबद्धता जनाएका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
