नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालका स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउन पाँचवटा दातृ निकायले आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्मासँग बेलायतका प्रतिनिधि डिएगो मोरोसो र डा. दीपक कार्की, जापानी नियोग जाइकाका प्रतिनिधि मिजुकी मात्सुजाकी र कृष्णप्रसाद लम्साल, कोरिया अन्तराष्ट्रिय नियोग कोइकाका प्रतिनिधि सृष्टि चित्रकार र मिलन महाराजा, नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधि प्याट्रिक एसजेन र नूर पन्त, र जर्मन दूतावासका प्रतिनिधि बेन्जामिन सेइडेल र जान डिर्कसेनले संयुक्त रूपमा भेटवार्ता गरेका थिए।
स्वास्थ्य मन्त्री डा. शर्मा सरकारको प्राथमिकताका क्षेत्रमा मातृ–शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा कार्यक्रम सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुधारमा ध्यान दिइरहेकाले दातृ निकायहरूले सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छिन्।
त्यस अवसरमा पाँचवटा दातृ निकायका प्रतिनिधिहरूले नेपालको जनस्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने उद्देश्यका कार्यक्रमहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
