नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ सच्याउनुपर्ने माग पुरा नभएसम्म आन्दोलन नरोकिने औषधि व्यवसायी संघले स्पष्ट पारेको छ। यही मागलाई लिएर आन्दोलनरत व्यवसायीहरूले फेरि धर्ना कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेका छन्।
काठमाडौं शाखाका महासचिव शुभमान श्रेष्ठका अनुसार सरकारलाई दिइएको १० दिने अल्टिमेटमको अवधि सकिँदासमेत कुनै पहल नभएपछि संघले बिहीबारदेखि धर्ना अभियानलाई निरन्तरता दिने निर्णय गरेको हो।
श्रेष्ठले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागबीच समन्वय नै नभएको दाबी गर्दै भन्नुभयो, ‘विभागले मन्त्रालयलाई पत्र पठाएको भन्यो, तर मन्त्रीज्यूलाई सोध्दा उहाँलाई थाहा नै रहेनछ। त्यसपछि हामीले पनि पत्राचार गर्यौँ, तर अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन।’
धर्ना कार्यक्रम मंसिर १६ गतेसम्म चल्ने र सो अवधिभित्र माग सम्बोधन नभए दोस्रो चरणको कडा आन्दोलनमा जानुपर्ने बाध्यता हुने संघले जनाएको छ। संसदबाट संशोधन भएर साउन १४ गतेदेखि लागू भएको नयाँ ऐनले थप समस्याहरू सिर्जना भएको व्यवसायीहरूको भनाइ छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
