नेपाल हेल्थ न्युज, काठमाडौं । बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरूको परीक्षण गर्दा पारासिटामोल ५ सय मिलिग्राम रहेको ‘रेक्सामोल’ नामक ट्याब्लेटको टीआरएक्स–६९५ नम्बरको व्याच गुणस्तरहीन पाइएकाले औषधि ऐन, २०३५ अनुसार सो व्याचको बिक्री–वितरण रोक्का गर्दै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन गरिएको छ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा यो ट्याब्लेट २०२२ मा निर्धारित भारतीय औषधि संहिता अनुसार घुलनशीलता परीक्षणमा असफल भएको उल्लेख छ।
नोभेम्बर २०२४ मा उत्पादन र अक्टोबर २०२६ मा म्याद सकिने यस औषधि बनेपा–१०, काभ्रेस्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीद्वारा उत्पादन गरिएको हो। सो व्याचका औषधिको सिफारिस, बिक्री–वितरण र प्रयोग नगर्न तथा नगराउनु सबै सरोकारवालालाई अनुरोध गरिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
