नेपाल हेल्थ न्युज, काठमाडौं । बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरूको परीक्षण गर्दा पारासिटामोल ५ सय मिलिग्राम रहेको ‘रेक्सामोल’ नामक ट्याब्लेटको टीआरएक्स–६९५ नम्बरको व्याच गुणस्तरहीन पाइएकाले औषधि ऐन, २०३५ अनुसार सो व्याचको बिक्री–वितरण रोक्का गर्दै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन गरिएको छ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा यो ट्याब्लेट २०२२ मा निर्धारित भारतीय औषधि संहिता अनुसार घुलनशीलता परीक्षणमा असफल भएको उल्लेख छ।
नोभेम्बर २०२४ मा उत्पादन र अक्टोबर २०२६ मा म्याद सकिने यस औषधि बनेपा–१०, काभ्रेस्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीद्वारा उत्पादन गरिएको हो। सो व्याचका औषधिको सिफारिस, बिक्री–वितरण र प्रयोग नगर्न तथा नगराउनु सबै सरोकारवालालाई अनुरोध गरिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
