नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालका वर्षहरूमा दोहोरिँदै आएका स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवाद र प्रक्रियागत कमजोरी मूल्यांकन गर्न एक विज्ञ समिति गठन गरेको छ।
समितिको नेतृत्व पूर्व–सचिव सुरेश प्रधानले गर्नुहुनेछ। उहाँसँगै व्यवस्थापन महाशाखाका पूर्व निर्देशक डा. भिमसिंह तिंकरी पनि समितिमा सहभागी हुनुहुनेछ। मन्त्रालयतर्फबाट डा. चुमनलाल दास संयोजकको रूपमा कार्यरत हुनुहुन्छ भने हालै व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हालनुभएका केशव पण्डित सदस्यका रूपमा सहभागी हुनुहुन्छ।
प्रधानले यसअघि सार्वजनिक खरिद कार्यालयको सचिवको रूपमा जिम्मेवारी सम्हालिसक्नु भएको थियो। त्यस्तै, डा. तिंकरीले चार वर्षसम्म व्यवस्थापन महाशाखा नेतृत्व गर्नु भएकोले खरिद प्रणालीका चुनौतीबारे व्यापक अनुभव राख्नुहुन्छ।
स्वास्थ्य क्षेत्रको खरिद प्रक्रियामा पछिल्ला वर्षहरूमा विवाद बढ्दै गएको छ। अख्तियारले १४ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेपछि उनीहरू निलम्बनमा परे। यसका कारण मन्त्रालयभित्र कर्मचारीहरूको मनोबल कमजोर भएको मन्त्री डा. गौतमले बताउनुभयो। मन्त्रीका अनुसार, ‘कहाँ प्रक्रिया कमजोर छ, नियम–कानूनमा समस्या छ कि वा कार्यान्वयनमा त्रुटि छ भन्ने यथार्थ पत्ता लगाउन विज्ञ समिति गठन गरिएको हो।’
समितिले मंसिर ४ गतेदेखि नै प्रारम्भिक कार्य सुरु गरिसकेको संयोजक डा. दासले जानकारी दिनुभयो। उहाँका अनुसार, मन्त्रालय तथा मातहतका निकायमा स्वास्थ्य सामग्री खरिदलाई कसरी अझ पारदर्शी, सहज र गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा समितिको मुख्य ध्यान रहनेछ।
समितिले आवश्यक अध्ययन पूरा गरी खरिद प्रणालीमा नीतिगत सुधारका लागि सिफारिससहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
