नेपाल हेल्थ न्युज, काठमाडौं । बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिहरूको राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा सिटोफेन (पारासिटामोल चक्की ५०० मिलिग्राम) को ब्याच नम्बर ‘ब्याच नं सीटी २७२३’ न्यून गुणस्तर रहेको पुष्टि भएपछि औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बिक्री–वितरण रोक्का गर्न तथा बजारमा रहेको सम्पूर्ण स्टक तुरुन्त फिर्ता (रिकल) गरी विवरण विभागमा पेस गर्न निर्देशन दिइएको छ।
लोमस फर्मास्युटिकल्स प्रा. लि., काठमाडौंद्वारा उत्पादन गरिएको यो चक्की जून २०२३ मा निर्माण भई मे २०२६ सम्मको म्याद भएको भए पनि ब्रिटिस फार्माकोपिया २०२३ अनुसार गरिएको घुलन क्षमता परीक्षणमा असफल भएको कारणले यसलाई प्रयोग, बिक्री–वितरण तथा सिफारिस नगर्न र नगराउन सरोकारवालाहरूसमक्ष अनुरोध गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
