नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकन गरेको नतिजा सार्वजनिक गर्दै चितवनको भरतपुर अस्पताललाई उत्कृष्ट घोषणा गरेको छ। यस वर्षको मूल्यांकनमा भरतपुरले ८८ अंक प्राप्त गर्दै गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति देखाएको बताइएको छ।
नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा भनाइ दिएका छन् कि भरतपुर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा उच्च स्तर हासिल गरेको छ।
मूल्यांकन अनुसार बाँकेको भेरी अस्पताल दोस्रो स्थानमा ८३ अंकसहित रह्यो। त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७५, डडेल्धुरा अस्पताल ७३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित रहेका छन्।
राष्ट्रिय स्तरका प्रमुख अस्पतालहरूमा वीर अस्पताल ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ६४, कोशी अस्पताल ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ५९ र नारायणी अस्पताल ५६ अंकमा सीमित रहे। डा. पौडेलका अनुसार यी अस्पतालहरू सुधारको प्रक्रियामा रहेका छन्।
तर सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल ३६ र पाटन मानसिक अस्पताल ३२ अंकसहित न्यूनतम मापदण्ड पुरा गर्न कमजोर देखिएका छन्।
मन्त्रालयका अनुसार मूल्यांकनमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, संक्रमण नियन्त्रण र औषधि व्यवस्थापनसमेत ९० भन्दा बढी सूचकहरू समावेश गरिएको छ।
डा. पौडेलले भने, ‘नागरिक अस्पतालसम्म पुगेका छन्, तर स्वास्थ्य प्रणालीले गुणस्तरीय सेवा प्रदान गर्न सकेको छैन।
यस वर्ष मूल्यांकनमा १३ संघीय अस्पतालहरूलाई समेटिएको थियो। कम अंक ल्याएका अस्पतालहरूलाई मन्त्रालयले तत्काल सुधार योजना पेश गर्न निर्देशन दिएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
