नेपाल हेल्थ न्युज, काठमाडौं । विशेषज्ञ चिकित्सकको अभावका कारण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा अस्थायी रूपमा बन्द भएको छ। केन्द्रमा कार्यरत एकमात्र कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ अवकाशमा गएपछि सेवा रोकिएको केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार केन्द्रमा २०७३ सालदेखि कलेजो प्रत्यारोपण हुँदै आइरहेको थियो। तर विशेषज्ञ अभावका कारण गत साउनदेखि प्रत्यारोपण स्थगित गरिएको हो।
डा. श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमलाई समेत परिस्थितिको जानकारी गराइसकिएको बताउँदै मन्त्रालयले नयाँ विशेषज्ञ खोज्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो। यद्यपि हालसम्म सेवा पुनःसञ्चालन हुने समय भने तय हुन सकेको छैन।
केन्द्रमा अहिलेसम्म ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ। सुरुका वर्षहरूमा विदेशी चिकित्सकको सहयोग रहने गरेको भए पनि पछिल्ला वर्षहरूमा नेपाली विशेषज्ञकै टोलीबाट सेवा प्रदान हुँदै आएको थियो। नेपालमा सरकारी स्तरमा त्रिवि शिक्षण अस्पतालले पनि कलेजो प्रत्यारोपण सेवा उपलब्ध गराउँदै आएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
