नेपाल हेल्थ न्युज, विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कोशी अस्पतालमा निर्माण भइरहेका नयाँ संरचनाहरूको अवलोकन गर्नुभएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङमार्फत ७ सय ५९ श्ययाका दुई भवन निर्माण भइरहेको छ।
स्थलगत अनुगमनका क्रममा मन्त्री घिसिङले आयोजना व्यवस्थापन टोली, अस्पताल प्रशासन र निर्माण संस्था प्रतिनिधिसँग कार्यगत प्रगति र चुनौतीबारे छलफल गर्नुभयो।
उहाँले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार भएकाले निर्माण ढिलो भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै जनशक्ति थपेर तीन सिफ्टमा काम अघि बढाउन निर्देशन दिनुभयो। साथै, गुणस्तरमा कुनै सम्झौता नगर्न र काममा लापरबाही देखिए सम्बन्धित पक्षलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभयो।
५०० श्ययाको मेडिकल भवनको भौतिक प्रगति अहिले ३५ प्रतिशत पुगेको छ। पुस २०७९ मा २ अर्ब ४६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको यो परियोजनाको निर्माण अवधि आगामी १२ पुसमा सकिँदै छ। हालसम्म निर्माण कम्पनीलाई ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी गरिएको छ।
त्यसैगरी, आईसीयू, सर्जिकल र न्युरो सेवाका लागि बनाइँदै गरिएको २५९ श्ययाको भवनको निर्माण प्रगति ५० प्रतिशत रहेको छ। असार २०७८ मा रमण.भूमि.बी आईपीएल जेभीसँग हस्ताक्षर भएको ठेक्काको म्याद पछिल्लो थपसहित कात्तिकमा नै सकिएको छ। निर्माण कम्पनीले म्याद थपका लागि निवेदन पेस गरिसकेको बताइएको छ। यस भवन निर्माणको ठेक्का रकम ३८ करोड ८७ लाख रुपैयाँ छ भने हालसम्म १६ करोड ३१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
