नेभिगेशन

३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ

एचआईभी भए पनि औषधिको माध्यमबाट कुनै समस्या बिना आफ्नो जीवन बिताउन सकिन्छ

नेपाल हेल्थ न्युज, काठमाडौं । आज डिसेम्बर १, २०२५, नेपालसहित विश्वभर ३८औँ विश्व एड्स दिवस मनाइँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ रहेको छ।

नेपालमा पनि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अगुवाइमा देशभरि जागरण कार्यक्रम, छलफल, रक्त परीक्षणका अभियान, रेड–रिबन अभियान र युवामुखी शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन्।

एड्सको पूरा नाम अक्वायर्ड इम्युन डेफिसिएन्सी सिन्ड्रोम हो र यो एक प्रकारको भाइरस हो, जसको नाम एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) हो । एचआईभी एड्स एक खतरनाक रोग हो। यो रोगमा मानिसको रोग प्रतिरोधात्मक क्षमता पूर्ण रुपमा हराउन थाल्छ । उनीहरु धेरै छिटो बिरामी हुन्छन्।

सामान्यतया मानिसहरुले यसलाई निको नहुने रोगका रुपमा लिने गरेका छन् र यसले ज्यान नै समाप्त हुन्छ भन्ने धेरैले विश्वास गर्दछन् । तर यथार्थमा त्यो होइन । वास्तवमा एचआईभी भए पनि औषधिको माध्यमबाट कुनै समस्या बिना आफ्नो जीवन बिताउन सकिन्छ। यद्यपि, एचआईभी भएका मानिसहरूले आफ्नो स्वास्थ्यको अलि बढी ख्याल गर्नुपर्छ ।


विश्वमा सन् १९८१ मा पहिलो एचआईभी संक्रमित रिपोर्ट भएदेखि सन् २०२४ को अन्त्य सम्म ९ करोड १४ लाख व्यक्तिहरु एचआईभीबाट संक्रमित भइसकेका छन् र त्यसैगरी ४ करोड ४१ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भइसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष