नेपाल हेल्थ न्युज, काठमाडौं । आयुर्वेदका वरिष्ठ चिकित्सक तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पिता डा. रामनारायण शाहको ७७ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा सोमबार मध्याह्न सिभिल सर्भिस हस्पिटलमा उहाँले अन्तिम श्वास लिनुभएको हो।
परिवारका अनुसार पिसाबसम्बन्धी संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि डा. शाहलाई अस्पताल भर्ना गरिँदै उपचार जारी राखिएको थियो। तर चिकित्सकहरूको प्रयासका बाबजुद उहाँलाई बचाउन सकिएन।
करिब ६ दशकभन्दा बढी समय आयुर्वेद सेवा र अनुसन्धानमा समर्पित रहनुभएका डा. शाहले जनस्वास्थ्य तथा वैकल्पिक चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। उहाँलाई शान्त स्वभाव, सरल जीवनशैली र सेवामुखी चिकित्सकको रूपमा चिनिन्थ्यो।
डा. शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्। उहाँको निधनले शाह परिवार मात्र होइन, आयुर्वेदिक चिकित्सा परिवारले पनि एक अनुभवी चिकित्सक गुमाएको अनुभूति गरेको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
