नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर सञ्चालित सबै एम्बुलेन्स तथा शववाहनका विवरण अनिवार्य रुपमा पठाउन सम्बन्धित सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ।
मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै मङ्सिर २१ गतेभित्र निर्धारित इमेलमा आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार नागरिकलाई सहज, व्यवस्थित, खर्च उपयुक्त र सेवा मैत्री एम्बुलेन्स तथा शववाहन सेवा सुनिश्चित गर्न एकीकृत प्रणाली सुदृढ पार्नु आवश्यक भएकाले यस्तो जानकारी संकलन गरिन लागिएको हो।
नेपालभर सञ्चालनमा रहेका सबै एम्बुलेन्स र शववाहनको तथ्यांक सम्बन्धित संस्था वा संघ–संगठनले पठाउनुपर्ने मन्त्रालयले जनाएको छ। हाल ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ तथा ‘शववाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७’ प्रभावकारी रूपमा कार्यान्वयनमा रहेका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
