नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही चिकित्सकहरुले आफ्नो नाम, फोटो र डिग्रीलाई कन्सल्टेन्सी वा अन्य व्यापारिक प्रचार सामग्रीमा प्रयोग गरिरहेको उजुरीका आधारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलका अनुसार, मेडिकल व्यवसायिक आचारसंहिता २०१७ अनुसार चिकित्सकले कुनै पनि व्यापारिक प्रचार वा सेवा प्रवर्धनमा आफ्नो नाम वा साइनेबोर्ड प्रयोग गर्न पाउँदैनन्। साथै, आफ्नो साइनेबोर्ड अन्य व्यापारिक साइनेबोर्डसँग जोडिन पनि नहुने स्पष्ट व्यवस्था गरिएको छ।
नेपाल मेडिकल काउन्सिलले सबै दर्तावाला चिकित्सक र सरोकारवालाहरुलाई यस्तो गतिविधि नगर्न आग्रह गर्दै, उल्लंघन भएमा आचारसंहिताको बुँदा अनुसार कानुनी कारबाही हुने चेतावनी दिएको छ। डा. सतिस कुमार देवको नेतृत्वमा काउन्सिलले यस विषयमा सबै चिकित्सकलाई सचेत रहन अनुरोध गरेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
