नेपाल हेल्थ न्युज, काठमाडौं । चिसो मौसम शुरू भएसँगै इन्फ्लुएन्जा (फ्लु) संक्रमण बढ्ने सम्भावना रहने भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार फ्लु भाइरस सबै उमेर समूहमा देखिन सक्छ तर बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा यसको जोखिम अझ बढी हुन्छ।
उहाँले अधिकांश संक्रमितलाई विशेष उपचार आवश्यक नपर्ने बताउँदै दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा र प्रतिरोधात्मक क्षमता न्यून भएकालाई भने फ्लुले जटिलता बढाउन सक्ने भएकाले स्वास्थ्यकर्मीको निगरानीमा राखिनु महत्वपूर्ण हुने टिप्पणी गर्नुभयो।
संक्रमण कसरी फैलिन्छ ?
फ्लु लागेका व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा निस्किने साना छिटाहरू मार्फत नजिकका मानिसमा भाइरस सजिलै सर्न सक्छ। यसबाहेक भाइरस भएको सतह छोएपछि आफ्नो नाक, मुख वा आँखामा हात लगाए पनि संक्रमण हुन सक्छ।
मुख्य लक्षणहरू
- ज्वरो आउनु
- टाउको दुखाइ
- खोकी र घाँटी दुख्ने
- नाक बन्द हुनु वा सिँगान बग्नु
- शरीर तथा मांसपेशी दुख्ने
- अत्यधिक थकान
फ्लुबाट बच्ने उपाय
- बिरामी व्यक्तिसँग दूरी कायम गर्ने
- खोक्दा वा हाच्छिउँ गर्दा मुख–नाक छोप्ने
- नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
- आँखा, नाक र मुख अनावश्यक रूपमा नछुने
- प्रशस्त पानी पिउने, पौष्टिक आहार खाने
- स्वास्थ्य अवस्था कमजोर भए घरमै विश्राम गर्ने
- मन्त्रालयले सबैलाई मौसम परिवर्तनका बेला सजग र सतर्क रहन अनुरोध गरेको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
