नेपाल हेल्थ न्युज, काठमाडौं । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को प्रारम्भिक अध्ययनले केही बालबालिकामा कोभिड–१९ खोपको असरले मृत्युमा भूमिका खेलेको हुन सक्ने संकेत देखाएको छ।
एफडीएका प्रमुख चिकित्सक तथा वैज्ञानिक अधिकृत विनय प्रसादले २०२१–२०२४ बीचको ९६ बालबालिकाको मृत्यु केस अध्ययन गर्दा १० केसमा खोपले योगदान गरेको हुनसक्ने उल्लेख गरेका छन्। उनीहरूले ७–१६ वर्षका बालबालिकामा हृदयसम्बन्धी समस्या देखिएको बताएका छन्, तर कुन कम्पनीको खोप वा बालबालिकाको पूर्व स्वास्थ्य अवस्था बारे जानकारी दिइएको छैन।
यसबीच, अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जूनियरले अब कोभिड–१९ खोपलाई मुख्यतया ६५ वर्षमाथिका वा दीर्घरोग भएका व्यक्तिहरूमा मात्र दिने नीति लागू गरेका छन्।
केही विशेषज्ञहरूले एफडीएको यो समीक्षा अपूर्ण र अप्रकाशित भएको भन्दै आलोचना गरेका छन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सी.डी.सी) को खोप समिति अब यस विषयमा थप छलफल गर्ने तयारीमा छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
