नेपाल हेल्थ न्युज, काठमाडौं । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को प्रारम्भिक अध्ययनले केही बालबालिकामा कोभिड–१९ खोपको असरले मृत्युमा भूमिका खेलेको हुन सक्ने संकेत देखाएको छ।
एफडीएका प्रमुख चिकित्सक तथा वैज्ञानिक अधिकृत विनय प्रसादले २०२१–२०२४ बीचको ९६ बालबालिकाको मृत्यु केस अध्ययन गर्दा १० केसमा खोपले योगदान गरेको हुनसक्ने उल्लेख गरेका छन्। उनीहरूले ७–१६ वर्षका बालबालिकामा हृदयसम्बन्धी समस्या देखिएको बताएका छन्, तर कुन कम्पनीको खोप वा बालबालिकाको पूर्व स्वास्थ्य अवस्था बारे जानकारी दिइएको छैन।
यसबीच, अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जूनियरले अब कोभिड–१९ खोपलाई मुख्यतया ६५ वर्षमाथिका वा दीर्घरोग भएका व्यक्तिहरूमा मात्र दिने नीति लागू गरेका छन्।
केही विशेषज्ञहरूले एफडीएको यो समीक्षा अपूर्ण र अप्रकाशित भएको भन्दै आलोचना गरेका छन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सी.डी.सी) को खोप समिति अब यस विषयमा थप छलफल गर्ने तयारीमा छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
