नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले मानसिक स्वास्थ्यको समस्या हालको समयको गम्भीर चुनौती भएको भन्दै यसको समाधानका लागि मनोपरामर्शसहित दैनिक जीवनमा योग, ध्यान र आध्यात्मिक अभ्यासमा जोड दिनुपर्ने बताउनुभयो।
तरङ्गिनी फाउण्डेशनले आयोजना गरेको दुईदिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा मन्त्री डा. गौतमले सरकार, समुदाय र परिवार सबैको सहभागितामा मानसिक स्वास्थ्य सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले हरेक वर्ष सात हजार व्यक्तिले आत्महत्या गर्ने तथ्यांक प्रस्तुत गर्दै तनाव, बेचैनी, एक्लोपना र आत्मविश्वासको कमीले मानिसहरूमा जोखिम बढाएको पनि बताउनुभयो।
मन्त्री डा. गौतमका अनुसार, सरकारले स्वास्थ्य संस्थामा मनोपरामर्श सहायता कक्ष स्थापना, टेलिहेल्थ सेवाबाट विदेशमा रहेका श्रमिकहरूलाई परामर्श उपलब्ध गराउने, र नीतिगत सुधारमार्फत सेवा पहुँच सहज बनाउने काम गरिरहेको छ।
उहाँले मनोपरामर्श सेवा दिने दक्ष जनशक्तिको उपयोगमा अझै चुनौती रहेको उल्लेख गर्दै दीर्घकालीन नीति तथा जनशक्ति व्यवस्थापनमा काम भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. पुष्पराज शर्मा र मनोपरामर्शदाता सुनिता श्रेष्ठले सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी आफ्ना दृष्टिकोण राख्नुभएको थियो। सम्मेलन दुई दिनसम्म चल्ने र मानसिक स्वास्थ्यका समस्या, चुनौती, उपचार र समाधानबारे विस्तृत छलफल हुने जनाइएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
