नेपाल हेल्थ न्युज, चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आज चितवनको भरतपुर अस्पताल परिसरमा निर्माण सम्पन्न ट्रामाका लागि छुट्टै केन्द्र तथा कम्पाउन्डिङ फार्मेसी ल्याब औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ।
५० शय्या क्षमताका साथ तयार गरिएको ट्रमा सेन्टरमा अहिले प्रारम्भिक चरणमा १५ शय्या सञ्चालनमा ल्याइएको छ। यस सुविधाले आकस्मिक घटना तथा दुर्घटनाबाट प्रभावित बिरामीलाई छिटो, व्यवस्थित र प्रभावकारी उपचार प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अस्पताल प्रशासनको भनाइ छ।
उद्घाटन समारोहकै अवसरमा मन्त्री शर्माले अस्पतालले स्थापना गरेको कम्पाउन्डिङ फार्मेसी ल्याबको समेत उद्घाटन गर्नुभएको छ। अस्पतालका अनुसार, यस ल्याबमार्फत बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार व्यक्तिगत रूपमा औषधि तयार गर्नुका कारण उपचारको गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
