नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको सदस्य पदमा डा. गोपालकुमार चौधरीलाई नियुक्त गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले शुक्रबार मन्त्रालयस्तरीय निर्णयमार्फत चौधरीलाई चार वर्षको कार्यकालका लागि काउन्सिल सदस्यमा मनोनयन गर्नुभएको हो।
फरेन्सिक विशेषज्ञका रूपमा रहेका डा. चौधरी त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा उपप्राध्यापकका रूपमा कार्यरत छन्।
यसअघि मंसिरको पहिलो सातामा मन्त्री शर्माले डा. प्रकाश बुढाथोकी तथा डा. इन्द्रकुमार झालाई काउन्सिल सदस्यमा नियुक्त गर्नुभएको थियो। ती मनोनयनपछि पनि एक पद खाली रहेकोले काउन्सिल अपूर्ण थियो। डा. चौधरीको नियुक्तिसँगै काउन्सिलमा रहेका १९ जना पदाधिकारी तथा सदस्यहरूको संरचना पूर्ण भएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
