नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री डा. सुधा शर्मा गौतमको कार्यकक्ष सोमबारदेखि सिंहदरबारमा स्थानान्तरण गरिएको छ। मन्त्री गौतम अब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपाल कार्यालयको सहयोगमा निर्माण गरिएको नयाँ प्रिफ्याब भवनबाट काम गर्नुहुनेछ।
मन्त्रालयका दुई सचिव तथा नीति तथा योजना महाशाखा पनि आजदेखि सिंहदरबारभित्रै बसेर सेवा सञ्चालन गर्ने तयारीमा छन्, भने अन्य शाखाहरू क्रमशः सर्ने प्रक्रिया जारी रहेको बताइएको छ।
यो नयाँ संरचना सिंहदरबारको दक्षिण–पश्चिम भागमा पर्ने, नेपाली सेनाको नरसिंह दल गण नजिकै रहेको क्षेत्रभित्र निर्माण गरिएको हो। भदौ २४ गते जेनजी आन्दोलनपछि रामशाहपथस्थित पुरानो स्वास्थ्य मन्त्रालय भवन आगलागीबाट पूर्ण रूपमा नष्ट भएपछि मन्त्रालयलाई वैकल्पिक रूपमा यहाँ सारिएको हो।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
