नेपाल हेल्थ न्युज, वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नारायणी अस्पतालमा चिकित्सक तथा नर्सिङकर्मीको दरबन्दी विस्तार गर्ने तयारी सरकारले अघि बढाइरहेको बताउनुभएको छ। सोमबार अस्पताल निरीक्षणका क्रममा उहाँले अस्पतालमा आवश्यक जनशक्ति अभाव देखिएकाले दरबन्दी वृद्धि अपरिहार्य भएको उल्लेख गर्नुभयो।
अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. चितरञ्जन साहले सेवा–प्रवाहका अवस्थाबारे मन्त्रीलाई जानकारी दिनुभएको थियो। उहाँले अस्पतालको पुरानो र जीर्ण भौतिक संरचना ठूलो चुनौती बन्दै आएको भन्दै संघीय सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो।
मन्त्री शर्माले अस्पताल भवन निर्माण कार्यलाई संघीय सरकारको उच्च प्राथमिकतामा सूचीकृत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार संरचना जीर्ण भई सेवा प्रभावित भइरहेकाले निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाउने तयारी भइरहेको छ।
‘निर्माण प्रक्रियामा देखिएका जटिलता समाधान गर्न सहरी विकास तथा भवन निर्माण विभागसँग समन्वय गरिनेछ,’ मन्त्री शर्माले भन्नुभयो, ‘आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरी वातावरणीय प्रभाव मूल्याङ्कनसहितका प्रक्रिया अघि बढाइनेछ।
स्वास्थ्य मन्त्रीका अनुसार नारायणी अस्पतालको नयाँ संरचना यथाशीघ्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि मन्त्रालय गम्भीरतापूर्वक लागेको छ।
उहाँले स्वास्थ्य क्षेत्र नेपाल सरकारका प्रमुख प्राथमिकतामध्ये एक भएको उल्लेख गर्दै पर्याप्त स्रोत–साधन भए पनि पर्सा जिल्लामा स्वास्थ्य सेवा अपेक्षित रूपमा विकसित नहुनु चिन्ताजनक रहेको टिप्पणी गर्नुभयो।
चिकित्सक अचेत अवस्थामा फेला
आइतबार, चैत १, २०८२
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
अल्झिएको चिकित्सक संघको चुनावः समाधान खोज्दै निर्वाचन समिति
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
