नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मंसिर २४ देखि फागुन २० सम्म तीन महिनासम्म मानसिक स्वास्थ्य सचेतना कार्यक्रम चलाउने तयारी गरेको हो।
केन्द्रका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाका अनुसार मानसिक समस्या बालबालिकामा समेत देखिन थालेकाले विद्यालयस्तरबाटै सचेतना सुरू गरिनेछ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का मानसिक रोग विशेषज्ञ डा. केदार मरहट्टाको भनाइमा ६ देखि १८ वर्ष उमेर समूहका करिब १८ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको पाइन्छ। विद्यालयमा हुने दुर्व्यवहार, पढाइको चाप तथा पारिवारिक वातावरण जस्ता कारणहरू त्यसका प्रमुख स्रोत मानिन्छन्।
नेपालमा प्रत्येक १० मध्ये १ जनाले मानसिक स्वास्थ्य चुनौती झेलिरहेको राष्ट्रिय तथ्यांकले देखाउँछ। त्यस्तै, ४० मध्ये १ जनाको मृत्यु मानसिक समस्याकै कारण हुने गरेको उल्लेख छ। महिलामा यो समस्या पुरुषको तुलनामा केही बढी रहेको चिकित्सकहरू बताउँछन् महत्पूर्ण तथ्यांकअनुसार महिलामा ५२.४ प्रतिशत र पुरुषमा ४७.६ प्रतिशत मानसिक स्वास्थ्य समस्या देखिन्छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८र०७९ मा ७ हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
