नेपाल हेल्थ न्युज, नवलपरासी । सुस्ता गाउँपालिका–२, धरमपुरामा पालिकास्तरीय १० शय्याको अस्पताल निर्माण कार्यको औपचारिक सुरुवात गरिएको छ। मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले शिलान्यास गर्दै निर्माण प्रक्रिया अघि बढाइएको हो।
अस्पताल निर्माणका लागि झन्डै पौने नौ कठ्ठा जग्गा छुट्याइएको छ। प्रारम्भिक लागत करिब १३ करोड ७५ लाख अनुमान भए पनि सुरेन्द्र अर्बिट–शिवदेव जेभीसँग ९ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ।
सम्झौता २०८२ मङ्सिर १५ गते सम्पन्न भएको हो। निर्माण कार्य २०८३ मङ्सिरभित्र सक्ने लक्ष्य लिइएको छ। अध्यक्ष उपाध्यायको भनाइ अनुसार समयमै निर्माण सम्पन्न गरी स्थानीयलाई आफ्नै पालिकाभित्र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रमुख उद्देश्य हो।
अध्यक्ष उपाध्यायले अस्पताल अभावका कारण सामान्य उपचारका लागि पनि स्थानीयले बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
अस्पताल निर्माण संघीय सरकारको अनुदान र गाउँपालिकाको लागत साझेदारीमा भइरहेको छ। आवश्यक जग्गामध्ये ४ कठ्ठा स्थानीय चेतनारायण न्यौपानेले निःशुल्क प्रदान गर्नुभएको छ भने बाँकी जग्गा खरिदका लागि स्थानीयवासीले पनि सहयोग जुटाएका छन्।
अस्पताल सञ्चालनमा आएपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक उपचारसहित दैनिक आवश्यक स्वास्थ्य सुविधा पालिकामै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
