नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले ‘जेन–जी’ आन्दोलनका उद्देश्यअनुसार काम गरिरहेको बताउनुभएको छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गौतमले सरकारले भ्रष्टाचारमुक्त, सुन्दर र सबल शासन प्रणाली निर्माण गर्ने लक्ष्यका साथ एकजुट भएर काम गरिरहेको दाबी गर्नुभयो।
उहाँले मानसिक स्वास्थ्यसम्बन्धी चुनौती समाधान गर्न आवश्यक बजेट सुनिश्चित गर्न सरकार तयार रहेको उल्लेख गर्दै, सबै स्थानमा आवश्यक औषधि र उपचारको पहुँच बढाउने कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो।
मन्त्री गौतमले सरकारको योजनाले जनताको स्वास्थ्य र भलाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
