नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले मानसिक स्वास्थ्य आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ।
मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को शुभारम्भ कार्यक्रममा मन्त्री गौतमले भन्नुभयो कि शारीरिक स्वास्थ्यका क्षेत्रमा धेरै काम भए पनि मानसिक स्वास्थ्यको क्षेत्रमा पर्याप्त काम भएको छैन। त्यसैले मानसिक स्वास्थ्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।
गौतमका अनुसार, सरकारले मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या समाधान गर्न आवश्यक बजेटको व्यवस्थामा ध्यान दिइरहेको जानकारी दिनुभयो। हालको परिस्थितिमा प्रत्येक परिवारमा मानसिक स्वास्थ्यसम्बन्धी चुनौती देखिएको उहाँले उल्लेख गर्नुभयो।
मन्त्री गौतमले स्वास्थ्य मन्त्रालयका कर्मचारीले मानसिक स्वास्थ्य कार्यक्रमलाई द्रुतगतिमा अगाडि बढाएकोमा धन्यवाद दिनुभयो। यसअघि पनि मन्त्रालयले मानसिक स्वास्थ्य कार्यक्रम संचालन गरेको भए पनि कामको गति अपेक्षाकृत सुस्त रहेको र त्यसैले यो विषयलाई आफ्नो प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।
उहाँले विभिन्न दातृ निकायहरूले पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेकोमा खुशी व्यक्त गर्नुभयो। साथै वैदेशिक रोजगारीमा रहेका केही श्रमिकहरूको मानसिक अवस्था कमजोर रहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य मन्त्रालय अन्तर्गत मानसिक स्वास्थ्य परामर्शदाता संख्या न्यून भए पनि मन्त्रालयले तालिमको माध्यमबाट मनोपरामर्श सेवाको कार्यलाई अगाडि बढाइरहेको उहाँले जानकारी दिनुभयो।
मन्त्री गौतमले सामाजिक तहमा पनि मानसिक स्वास्थ्य महत्त्वपूर्ण भएकाले गाउँ–गाउँमा परामर्शदाताहरू खटाएर सचेतना फैलाउने काम भइरहेको बताउनुभयो।
आजदेखि सुरु भएको ‘स्वस्थ मन, स्वस्थ जीवन नारा सहितको मानसिक स्वास्थ्य सचेतना अभियान मार्च १४ सम्म सञ्चालन हुने छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
