नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत पर्ने महाराजगञ्ज चिकित्सा क्याम्पसले विभिन्न विषयका उपप्राध्यापक करार सेवामा भर्नाका लागि नेपाली नागरिकबाट दरखास्त माग गरेको छ।
क्याम्पसले अधिकतम एक वर्षको अवधिका लागि करारमा शिक्षक आवश्यक परेको भन्दै सूचना प्रकाशित भएको मितिबाट २८ दिनभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ।
करार सेवा पदहरूमा कार्डियोलोजी, कार्डियोथोरासिक भास्कुलर एनेस्थेसियोलोजी, एनेस्थेसियोलोजी, ओरल तथा म्याक्सिलो–फेसियल सर्जरी, सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी, अर्थोपेडिक्स, न्युरो–सर्जरी, युरोलोजी तथा मृगौला प्रत्यारोपणलगायतका उपप्राध्यापक माग गरिएको क्याम्पसले जनाएको छ।
बिस्तृत विवरण तथा आवश्यक योग्यता सम्बन्धी जानकारी क्याम्पसको वेबसाइट mmअष्यm।भमग।लउ वा सूचना पाटीमार्फत हेर्न सकिने बताइएको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
