नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो स्वास्थ्य बीमाको प्रभावकारी व्यवस्था स्थापित हुन बाँकी रहेको स्पष्ट पार्नुभएको छ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उहाँले बीमा प्रणालीबारे सरकारी निकायदेखि सर्वसाधारणसम्म पर्याप्त बुझाइ नहुँदा यसको प्रभाव देखिन नसकेको बताउनुभयो।
उहाँका अनुसार आधारभूत स्वास्थ्य सेवा स्थानीय तहबाटै उपलब्ध हुनुपर्ने भए पनि धेरै नागरिक प्राथमिक उपचार पनि ठूला अस्पतालमै खोज्दै जाने प्रवृत्ति बढेको छ।
यसले विशिष्ट उपचारका लागि बनाइएका अस्पतालमा अनावश्यक भीड बढ्ने र स्वास्थ्यकर्मीमाथि अतिरिक्त दबाब सिर्जना हुने उहाँले उल्लेख गर्नुभयो। भीड बढ्दा औषधि र स्रोत–साधनको अभाव समेत देखिने मन्त्री गौतमको भनाइ थियो।
मन्त्री गौतमले स्वास्थ्य बीमाबारे सर्वसाधारणमा मात्र होइन, बीमा बोर्डमै पनि स्पष्ट जानकारीको कमी रहेको बताउँदै यसको प्रभावकारिताका लागि सबै तहमा बुझाइ बढाउनु जरुरी रहेको ठहर गर्नुभयो। अस्पतालमा बढ्दो चाप घटाउने र बीमालाई लक्षित समुदायसम्म सहज रूपमा पुर्याउने लक्ष्यसहित मन्त्रालय अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी, लुम्बिनी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मातृ तथा शिशु मृत्युदर तुलनात्मक रूपमा बढी रहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो।
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३
क्यान्सर उपचारका अत्यावश्यक औषधि ११ स्वास्थ्य संस्थाबाट उपलब्ध हुने
मंगलबार, जेठ २६, २०८३
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
मंगलबार, जेठ २६, २०८३

