नेपाल हेल्थ न्युज, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदहरूमा करार नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानले सह–प्राध्यापक (सिटीभीटी) १, उप–प्राध्यापक (बायो–केमिस्ट्रि) १, उप–प्राध्यापक (डेन्टल साइन्स) १, उप–प्राध्यापक ( कम्युनिटी हेल्थ नर्सिङ) २, उप–प्राध्यापक (साइकेयाट्री नर्सिङ) १, मेडिकल अधिकृत ३, मेडिकल ल्याब टेक्निसियन ५, एसिस्टेन्ट १ र स्टाफ नर्स ३० पदहरूमा नियुक्ति गर्ने योजना बनाएको छ ।
इच्छुक उम्मेदवारहरूले सम्बन्धित पदको न्यूनतम योग्यता पूरा गरेको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र अन्य आवश्यक कागजातसहित प्रतिष्ठानबाट उपलब्ध दरखास्त फारम खरिद गरी, कृषि विकास बैंकको प्रतिष्ठान आम्दानी खातामा दरखास्त दस्तुर जम्मा गरेर निर्धारित समय भित्र दरखास्त पेश गर्न सक्नेछन् ।
सह–प्राध्यापक पदका उम्मेदवारको मूल्यांकन अन्तर्वाता, उप–प्राध्यापक र मेडिकल अधिकृत पदका उम्मेदवारको मूल्यांकन लिखित र अन्तर्वाता गरी हुनेछ । दरखास्त शुल्क पद अनुसार ५०० देखि १५०० रूपैयाँसम्म तोकिएको छ । इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिदेखि ७ साताभित्र दरखास्त पेश गर्नुपर्नेछ ।

नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
नेपाली सेनाले स्वास्थ्य तथा प्राविधिक सेवाका लागि नयाँ भर्ना खुलायो
शुक्रबार, मंसिर २६, २०८२
