नेपाल हेल्थ न्युज, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदहरूमा करार नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानले सह–प्राध्यापक (सिटीभीटी) १, उप–प्राध्यापक (बायो–केमिस्ट्रि) १, उप–प्राध्यापक (डेन्टल साइन्स) १, उप–प्राध्यापक ( कम्युनिटी हेल्थ नर्सिङ) २, उप–प्राध्यापक (साइकेयाट्री नर्सिङ) १, मेडिकल अधिकृत ३, मेडिकल ल्याब टेक्निसियन ५, एसिस्टेन्ट १ र स्टाफ नर्स ३० पदहरूमा नियुक्ति गर्ने योजना बनाएको छ ।
इच्छुक उम्मेदवारहरूले सम्बन्धित पदको न्यूनतम योग्यता पूरा गरेको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र अन्य आवश्यक कागजातसहित प्रतिष्ठानबाट उपलब्ध दरखास्त फारम खरिद गरी, कृषि विकास बैंकको प्रतिष्ठान आम्दानी खातामा दरखास्त दस्तुर जम्मा गरेर निर्धारित समय भित्र दरखास्त पेश गर्न सक्नेछन् ।
सह–प्राध्यापक पदका उम्मेदवारको मूल्यांकन अन्तर्वाता, उप–प्राध्यापक र मेडिकल अधिकृत पदका उम्मेदवारको मूल्यांकन लिखित र अन्तर्वाता गरी हुनेछ । दरखास्त शुल्क पद अनुसार ५०० देखि १५०० रूपैयाँसम्म तोकिएको छ । इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिदेखि ७ साताभित्र दरखास्त पेश गर्नुपर्नेछ ।

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
