नेपाल हेल्थ न्युज, पोखरा । पोखरामा निर्माण भइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पतालको मेडिकल भवन लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण सुरु भएको करिब पाँच वर्ष बित्दा समेत हालसम्म करिब ५१ प्रतिशत मात्र काम अघि बढेको छ।
माघ २०७७ मा २० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको थियो। तर पटक–पटक म्याद थप्दा पनि तेस्रो पटक थपिएको समयावधि समेत गत साउनमा समाप्त भइसकेको छ।
संघीय शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय शहरी भवन कार्यालय पोखराले उक्त भवन करिब १० करोड ५५ लाख रुपैयाँ (कर बाहेक) लागतमा निर्माण गरिरहेको हो।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गर्दै हालको अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले सम्बन्धित महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति तथा निर्माण व्यवसायीसँग छलफल गरी निर्माण सम्पन्न हुने समयसीमा र प्रगतिबारे चासो व्यक्त गर्नुभएको थियो।
स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको संरचनाको निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै मन्त्री घिसिङले अब काम रोकिएर बस्ने अवस्था स्वीकार्य नहुने बताउनुभएको छ। उहाँका अनुुसार निर्माणले तुरुन्त गति नलिएमा ठेक्का सम्झौता तोडेर निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिनुभयो। एक हप्ताभित्र काम अघि नबढे ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गर्न कार्यालयलाई निर्देशन समेत दिनुभएको छ।
यस्तै, प्रतिष्ठानका उपकुलपति भरत खत्रीले भवन अभावका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै तत्काल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले निर्माण सम्भव नभए नयाँ ठेक्का प्रक्रियामा जानु उपयुक्त हुने धारणा राख्नुभयो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
