नेपाल हेल्थ न्युज, काठमाडौं। नर्स तथा स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी मागका विषयमा गठित कार्यदलले आज मिति २०८२ मंसिर २९ गते आफ्नो प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्मा गौतमलाई बुझाएको छ।
अतिरिक्त सचिव डा। श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले पारिश्रमिक, सेवा सुविधा र कार्य वातावरण सुधारसम्बन्धी सुझावसहितको प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदन बुझ्दै मन्त्री गौतमले नर्स तथा स्वास्थ्यकर्मीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सुझावहरू अध्ययन गरी आवश्यक नीतिगत निर्णय लिइने बताइन्।
कार्यदलका संयोजक डा। श्रेष्ठका अनुसार प्रतिवेदनमा न्यूनतम पारिश्रमिक निर्धारण, सेवा सुविधाको सुनिश्चितता र पेशागत सुरक्षासम्बन्धी सिफारिसहरू समेटिएका छन्।
२१ सदस्यीय कार्यदलमा नर्सिङ, चिकित्सक, फर्मेसी, पब्लिक हेल्थ, रेडियोलोजी, ल्याब र हेल्थ असिस्टेन्ट संघसहित विभिन्न मन्त्रालयका प्रतिनिधिहरू सहभागी रहेका थिए। कार्यदलको सदस्य–सचिव स्वास्थ्य मन्त्रालयकी डा। सुनिता लम्साल थिइन्।

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
