नेपाल हेल्थ न्युज, काठमाडौं। कागेश्वरी मनोहरा क्षेत्रकै सर्वाधिक सुविधा सम्पन्न स्वास्थ्य संस्थाका रूपमा परिचित स्मार्ट हेल्थ क्लिनिकले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर ७ दिने ‘स्मार्ट हेल्थ मेला’ को भव्य शुभारम्भ गरेको छ।
सोमबार अर्थात मिति २०८२ साल मंसिर २९ गते कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा तथा वडा नं. ९ का अध्यक्ष अनिल थापाको विशेष उपस्थितिमा मेलाको उद्घाटन गरिएको हो।
समाजका विविध क्षेत्रका व्यक्तित्वको उल्लेखनीय सहभागिता
शुभारम्भ समारोहमा छिमेकी टोल विकास समितिका अध्यक्षहरू, विभिन्न क्लबका प्रतिनिधि, प्रहरी, पत्रकार तथा सिनेकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो। कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक शोभित बस्नेत, चर्चित अभिनेत्री बेनिसा हमाल, कार्यक्रम प्रस्तोता तथा पत्रकार उत्सव रसाइली लगायतका विशिष्ट व्यक्तित्वहरूले स्मार्ट हेल्थ क्लिनिकको सफल यात्राको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।

एक वर्षमा १० हजारभन्दा बढी सेवाग्राही
स्मार्ट हेल्थ क्लिनिकका कार्यकारी प्रमुख सन्तोष रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लिनिकका प्रवन्ध निर्देशक विमल न्यौपानेले एक वर्षको उपलब्धि र भावी योजनाबारे जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार आक्रामक सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै स्मार्ट हेल्थ क्लिनिकले एक वर्षको अवधिमा १० हजारभन्दा बढी सन्तुष्ट सेवाग्राहीलाई सेवा प्रदान गरेको छ।
यस अवधिमा ३०० भन्दा बढी स्थानमा १२ हजारभन्दा बढी व्यक्तिको निःशुल्क सुगर र ब्लड प्रेसर जाँच, १,००० भन्दा बढी स्वास्थ्य प्याकेज, ३०० भन्दा बढी इको सेवा तथा २,५०० भन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय भिडियो एक्स–रे सेवा उपलब्ध गराइसकेको जानकारी दिइयो।
नमुना अस्पताल सञ्चालनको तयारी
स्मार्ट हेल्थ क्लिनिकले निकट भविष्यमै आईएसओ सर्टिफिकेट प्राप्त गर्ने लक्ष्य लिएको छ भने २५ शैयाको २४ घण्टा सेवा सहितको नमुना अस्पताल सञ्चालनको तयारीमा रहेको जनाएको छ।
हाल क्लिनिकमा काठमाडौँका प्रतिष्ठित अस्पतालहरूमा आबद्ध वरिष्ठ विशेषज्ञ चिकित्सकमार्फत स्त्री रोग, बाल रोग, नाक–कान–घाँटी, हाडजोर्नी तथा नसा रोग, छाला तथा सौन्दर्य रोग, मनोरोग, मुटु रोग, सुगर तथा थाइराइड सम्बन्धी परीक्षण तथा उपचार सेवा उपलब्ध छन्।
यसका साथै 4D भिडियो एक्स–रे, इको, एडभान्स फिजियोथेरापी, दन्त उपचार, ५ बेडको इमरजेन्सी, माइनर अपरेशन थियटर (OT) जस्ता अत्याधुनिक सेवाहरू पनि सञ्चालनमा छन्। क्लिनिक कागेश्वरी मनोहरा वडा नं. ९ सनसिटी रोडस्थित हिमालय टोलमा रहेको छ।
मेलामा रक्तदानदेखि निःशुल्क स्वास्थ्य शिविरसम्म
आज शुभारम्भ गरिएको मेलाअन्तर्गत आयोजित रक्तदान कार्यक्रममा २८ जना रक्तदाताले रक्तदान गरेका छन्। साथै मेलामा निःशुल्क कोलेस्ट्रोल जाँच, इसिजी, ब्लड सुगर परीक्षण, मुटु रोग शिविर तथा बाल रोग शिविर सञ्चालन भइरहेको छ।
ल्याबका हरेक परीक्षणमा ४० प्रतिशत छुट, निःशुल्क छाला तथा दाँत परीक्षण र बालबालिकाका लागि खेलमार्फत स्वास्थ्य गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार, स्मार्ट हेल्थ मेला आगामी पौष ५ गते (शनिबार) सम्म सञ्चालन हुनेछ।
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिकसम्बन्धी प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो
सोमबार, मंसिर २९, २०८२
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाइने
सोमबार, मंसिर २९, २०८२
डिस्चार्जपछि सुत्केरी महिलाको मृत्यु
सोमबार, मंसिर २९, २०८२
