नेपाल हेल्थ न्युज, धरान। धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको पुदुचेरीमा अवस्थित श्री बालाजी विद्यापिठ विश्वविद्यालयबीच शैक्षिक तथा अनुसन्धान सहयोगलाई मजबुत बनाउने उद्देश्यले आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी मंसिर २५ गते औपचारिक रूपमा सम्पन्न भएको हो।
दुई प्रतिष्ठित चिकित्सा शिक्षण संस्थाबीच भएको यस सम्झौताले शैक्षिक सहकार्य, सांस्कृतिक आदानप्रदान, शिक्षक तथा विद्यार्थी विनिमय, संयुक्त अनुसन्धान कार्यक्रम सञ्चालन, अनुसन्धानको नैतिकता प्रवर्द्धन, चिकित्सा शिक्षामा नवीन अभ्यास साझा गर्ने तथा निरन्तर चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रमहरू अघि बढाउने लक्ष्य राखेको छ। यस सहकार्यबाट दुवै संस्थालाई दीर्घकालीन लाभ पुग्ने अपेक्षा गरिएको छ।
प्रतिष्ठानको उपकुलपति कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा. डा. संजिव कुमार शर्मा, डीन प्रा. डा. शिवेन्द्र झा, सहायक डीन डा. वीम्मी सिंह र एनाटोमी विभागका अतिरिक्त प्राध्यापक डा. सन्दीप साह सहभागी थिए।
श्री बालाजी विद्यापिठ विश्वविद्यालयको तर्फबाट इन्स्टिट्युट अफ हेल्थ प्रोफेशन एजुकेशनकी निर्देशक प्रा. डा. एम. शिवाशक्ति कार्यक्रममा उपस्थित भइन् भने उपकुलपति प्रा. डा. एन. आर. विश्वाससहित अन्य पदाधिकारीहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
समझदारीपत्रमा प्रतिष्ठानका तर्फबाट निमित्त उपकुलपति प्रा. डा. संजिव कुमार शर्माले तथा विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार प्रा. डा. श्रीनिवासनले हस्ताक्षर गरेका हुन्। साक्षीका रूपमा प्रतिष्ठानका डीन प्रा. डा. शिवेन्द्र झा र विश्वविद्यालयकी निर्देशक प्रा. डा. एम. शिवाशक्तिले हस्ताक्षर गरेका थिए।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
