नेपाल हेल्थ न्युज, काठमाडौं । युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपाल चिकित्सक संघलाई युरोप–नेपाल हेल्थ अवार्ड २०२५ प्रदान गरेको छ।
संस्थाले नेपालमा सन् २०२५ मा रेजिडेन्ट चिकित्सकहरूको अधिकार, सेवा सुविधा तथा भत्ताका विषयमा संघले खेलेको सक्रिय भूमिका र गरेको संघर्षको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरेको जनाएको छ।
अवार्डस्वरूप नेपाल चिकित्सक संघलाई नगद एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरिएको हो।
सम्मान ग्रहण गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की ले यस्तो सम्मानले संघलाई अझ जिम्मेवार बनाएको र स्वास्थ्य क्षेत्रको हितमा थप सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको बताउनुभयो।
कार्यक्रममा प्रा.डा. अञ्जनी कुमार झा, डा. प्रमोद जोशी, डा. लोचन कार्की, डा. आनन्द प्रसाद श्रेष्ठ, डा. चोपलाल भुसाल, डा. रमेश कान्त अधिकारी, डा. बुद्धिमान श्रेष्ठ, डा. अनिल भट्टराईलगायत स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
संस्थाका खोज, अनुसन्धान तथा विज्ञान विभागका निर्देशक डा. कौशल किशोर तिवारी ले संस्थाको उद्देश्य र भावी योजनाबारे जानकारी दिँदै यस्ता सम्मान कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३

