नेपाल हेल्थ न्युज, जनकपुर । मधेश प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा जंगीलाल रायलाई नियुक्त गरेको छ।
पहिले विनाविभागीय मन्त्री रहेका जंगीलाल रायलाई अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिस अनुसार संविधानको धारा १६८ को उपधारा (९) अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्दै रायलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो।
राय नेपाली कांग्रेसका सर्लाही क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ। मन्त्रालयको जिम्मेवारी पाएपछि उहाँले सम्पूर्ण मधेश प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
साथै, उहाँले पूर्ववर्ती सरकारले सुरु गरेका तर अलपत्र पारेका स्वास्थ्य योजना पूरा गर्ने र सर्लाहीमा उपयुक्त स्थानमा ट्रमा सेन्टर सञ्चालनका लागि पहल गर्ने लक्ष्य पनि अघि सार्नुभयो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
