नेपाल हेल्थ न्युज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया हाललाई स्थगित भएको छ । उच्च अदालत तुलसीपुरले यस विषयमा अल्पकालीन आदेश जारी गर्दै नियुक्ति अगाडि नबढाउन निर्देशन दिएको हो ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले गत मंसिर २५ गते उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरेको थियो । तर प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले उक्त प्रक्रिया विरुद्ध रिट दायर गरेपछि अदालतले हस्तक्षेप गरेको हो ।
शर्माका अनुसार, अदालतले पुस ८ गते दुवै पक्षलाई उपस्थित गराई छलफल गर्ने आदेश दिएको छ । सो मितिसम्म नियुक्ति प्रक्रिया अघि नबढाउन भनिएको छ भने अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफलपछि निर्णय हुने जनाइएको छ ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
