नेपाल हेल्थ न्युज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया हाललाई स्थगित भएको छ । उच्च अदालत तुलसीपुरले यस विषयमा अल्पकालीन आदेश जारी गर्दै नियुक्ति अगाडि नबढाउन निर्देशन दिएको हो ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले गत मंसिर २५ गते उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरेको थियो । तर प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले उक्त प्रक्रिया विरुद्ध रिट दायर गरेपछि अदालतले हस्तक्षेप गरेको हो ।
शर्माका अनुसार, अदालतले पुस ८ गते दुवै पक्षलाई उपस्थित गराई छलफल गर्ने आदेश दिएको छ । सो मितिसम्म नियुक्ति प्रक्रिया अघि नबढाउन भनिएको छ भने अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफलपछि निर्णय हुने जनाइएको छ ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
