नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि डा. मंगल रावल नेतृत्वको समूहबाट १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्।
अध्यक्ष पदका लागि डा. मंगल रावल, बरिष्ठ उपाध्यक्षमा डा. कीर्तिपाल सुवेदी, उपाध्यक्षरप्रदेश संयोजकमा कोशीबाट डा. टंक बाराकोटी, मधेश प्रदेशबाट डा. उदय नारायण सिंह, बागमतीबाट डा. अरुण शाही, लुम्बिनीबाट डा. सन्तोष पोखरेल, गण्डकीबाट डा. यज्ञराज सिग्देल, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. निरज अर्याल रहेका छन्।
महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सहकोषाध्यक्षमा डा. सुवास गुरुङ रहेका छन् भने सदस्य पदका उम्मेदवारहरूमा डा. अमित झा, डा. अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेविना अन्सारी, डा. दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ रहेका छन्।
निर्वाचन तालिका अनुसार काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुने छ भने उपत्यका बाहिर माघ २ र ३ गते मतदान हुने कार्यक्रम तय गरिएको छ।
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३

