नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले भारतको इण्डियन फर्माकोपिया कमिसनको अवलोकन भ्रमण गर्नुभएको छ।
भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको दोस्रो डब्लुएचओ ग्लोबल समिट अन ट्रेडिस्नल मेडिसिनमा सहभागिता जनाउने क्रममा मन्त्री गौतमले उक्त संस्थाको भ्रमण गर्नुभएको हो।
भ्रमणका क्रममा उहाँले कमिसनमा रहेका अत्याधुनिक प्रयोगशालाहरूको निरीक्षण गर्नुका साथै भारतको औषधि नियमन प्रणाली र त्यसको कार्यविधिबारे सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नुभएको छ।
त्यस अवसरमा नेपालको औषधि व्यवस्था विभागलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार म्याचुरिटी लेभल–३ मा पुर्याउने लक्ष्यसहित राष्ट्रिय औषधि प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउन आवश्यक पर्ने प्राविधिक सहकार्यका सम्भावित क्षेत्रबारे समेत छलफल गरिएको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी निर्वाचनको प्रथम नामावली सार्वजनिक
बिहीबार, पुस ३, २०८२
न्याम्सले फेलोशिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता दिने
बिहीबार, पुस ३, २०८२
५ सय बिरामीको परीक्षण गर्दा ७० प्रतिशतमा उच्च रक्तचाप
बिहीबार, पुस ३, २०८२
नसर्ने रोग तथा मानसिक स्वास्थ्य नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघको प्रतिबद्धता
बिहीबार, पुस ३, २०८२
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल नियुक्त
बिहीबार, पुस ३, २०८२ट्रेन्डिङ
