नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले भारतको इण्डियन फर्माकोपिया कमिसनको अवलोकन भ्रमण गर्नुभएको छ।
भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको दोस्रो डब्लुएचओ ग्लोबल समिट अन ट्रेडिस्नल मेडिसिनमा सहभागिता जनाउने क्रममा मन्त्री गौतमले उक्त संस्थाको भ्रमण गर्नुभएको हो।
भ्रमणका क्रममा उहाँले कमिसनमा रहेका अत्याधुनिक प्रयोगशालाहरूको निरीक्षण गर्नुका साथै भारतको औषधि नियमन प्रणाली र त्यसको कार्यविधिबारे सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नुभएको छ।
त्यस अवसरमा नेपालको औषधि व्यवस्था विभागलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार म्याचुरिटी लेभल–३ मा पुर्याउने लक्ष्यसहित राष्ट्रिय औषधि प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउन आवश्यक पर्ने प्राविधिक सहकार्यका सम्भावित क्षेत्रबारे समेत छलफल गरिएको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
